बाग्लुङ बसपार्कमा ट्रकको ठक्करबाट महिला घाइते
पाेखरा | जेठ २२, २०७९
पोखराः पोखरा महानगरपालिका २ स्थित बाग्लुङ बसपार्कमा ट्रकले ठक्कर दिदाँ स्कुटरमा सवार महिला घाइते भएका छन् ।
विहान करिब साढे १० बजे भूपीशेरचन राजमार्ग अंतर्गत बाग्लुङ बसपार्कको चोकमा हरिचोक तर्फ जादै गरेको ०३ ००१ च ७०७९ नम्बरको ट्रकले जिरो किमी आउँदै गरेको ध १ प ९१९७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पर्वत महाशिला गाउपालिका वडा न. ४ की अस्मिता सूवेदी खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।
उनका अनुसार घाइते भएका उनको दाहिने खुट्टा भाँचिएको छ । उनको उपचारको लागि फिस्टेल अस्पताल पठाइएको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

